काँग्रेस संसदीय दलको बैठक सुरु

congress-sansadiya-dal
  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। पर्सी आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे रणनीति बनाउन बैठक नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो ।

बिहीबार साँझ बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसदीय दललाई सत्ता गठबन्धन तथा सरकार निर्माणबारे नीति बनाउने जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्