खोपकेन्द्र भवन निर्माण

pic
  • 5
    Shares
लोकपाटी न्यूज

रसुवा। ग्रामीण बालबालिकालाई खोप लगाउन सहज पार्ने उद्देश्यले ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण गरिएको छ। स्वास्थ्य संस्था जान आधा घण्टाभन्दा बढी दूरी भएको ग्रामीण बस्तीलाई खोपलगायतका सेवा घर नजिकबाटै सहज पार्ने सरकारको नीतिअनुरूप खोपकेन्द्र निर्माण गरिएको हो।

उत्तरगया गाउँपालिका–३ ठूलोआँगन आसपास निर्माण गरिएको खोपकेन्द्रले मासिक ३० बालबालिकालाई खोप लगाउन सहज भएको ठूलोगाउँ स्वास्थ्य केन्द्रले जनाएको छ। भवन निर्माणको कूल लागत रु आठ लाख ३५ हजार रहेको र सोमध्ये गाउँपालिबाट रु तीन लाख एवं स्थानीय विकास पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद मोहन आर्चायले रु पाँच लाख ३५ हजार प्रदान गर्नुभएको वडा नं ३ को कार्यालयले जनाएको छ।

भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीय सुनिता गुरुङले निःशुल्क प्रदान गर्नु भएको स्वास्थ्य केन्द्रले जनाएको छ। खोपकेन्द्र भवनको गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले एक विशेष कार्यक्रमअन्तर्गत उद्घाटन गरे पश्चात् नवनिर्मित भवनबाट सेवा सञ्चालन भइसकेको स्वास्थ्य केन्द्र प्रमुख कृष्ण भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्