प्रचण्डको पत्रप्रति ओली पक्षका संसदीय दलका सचेतकको आपत्ती

लोकपाटी न्यूज
0 Shares

काठमाडाैँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट दर्ता भएको पत्रप्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका छन्। दलको विधान २०७५ अनुसार सर्वसम्मतिले चुनिएका संसदीय दलको नेता केपी ओली नै भएकाले उनको अनुपस्थितिमा भएका कुनै पनि बैठक मान्यता प्राप्त नहुने बताएका छन् ।

फागुन १७ गते प्रचण्डले संघीय संसद्का महासचिवलाई पठाएको दुई पन्ने पत्रको कुनै औचित्य नभएको सचेतक भट्टराईले विज्ञप्तिमार्फत टिप्पणी गरेका छन्। निर्वाचन आयोगको फागुन १० गतेको निर्णय अनुसार पार्टीको बैठकको मान्यताप्राप्त अध्यक्षको परामर्शमा महासचिवले आह्वान गर्ने, पार्टीको आधिकारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर हुनुपर्ने भएकाले त्यसबाहेक अन्य पत्रको कुनै औचित्य नभएको भट्टराईको भनाइ छ।

विधानले व्यवस्था गरेभन्दा विपरीत भएका कुनै पनि बैठक र पत्राचारले मान्यता नपाउने सचेतक भट्टराईले विज्ञप्तिमार्फत दावी गरेका छन्।
भट्टराईले विज्ञप्तिमा नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम बाहेक कोही कसैले कुनै गैर संवैधानिक र गैर कानुनी निर्णय गरिएको भन्ने पत्राचारको कुनै कानुनी आधार,औचित्य र प्रभाव हुननसक्ने उल्लेख गरेका छन्।

यस्तै, संघीय संसद्मा पनि नेकपाका तर्फबाट हुने प्रतिनिधित्व आवश्यक निर्णय र आधिकारिकतामा दलको विधान २०७५ अनुसार नै संसदीय दलका नेता तथा प्रधानमन्त्री ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीबाट सञ्चालन भइरहेकाले संसद् र संसद् सचिवालयलाई प्रचण्डले पठाएको पत्रमाथि भ्रममा नपर्न आग्रह गएिको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्