स्थानियको ढुङ्गामुढापछि भाषण छोडेर हिँड्न बाध्य भए अर्थमन्त्री पौडेल

  • 7.1K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री विष्णू पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाइ स्थानियले कार्यक्रम स्थलबाट लखेटेका छन्। शुक्रबार मन्त्रीद्वय पौडेल र भट्ट मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देही पुगेका थिए। उनिहरुले ठूलो सुरक्षा घेरामा रहेर औद्योगिक क्षेत्रको सिलान्यास गर्ने कार्यक्रम थिय। तर उनिहरुले स्टेजमा गएर भाष्ण गर्न थालेपछि स्थानीयले ढुंगामुढा गरेका थिए।

स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गर्न आएपछि कोरिडोर क्षेत्रमा झडपको अवस्था सृजना भएको थियो। पौडेलले भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बीचमै सम्बोधन छाडेर हिडेका हुन्।

मन्त्री पौडेल र मन्त्री भट्टले २ दुई दुई मिनेट पनि भाषण नगरि हिडेका थिए। स्थानीयले कार्यक्रमको बोर्डका साथै मन्त्री पौडेललाई भुमाफिया भन्दै नाराबाजी गरेको थिए। त्यपछि ओली समुहका कार्यकर्ता र स्थानीयबीच ढुंगा हानाहान हुन थालेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ।

अर्थमन्त्री पौडेलविरुद्ध उत्तेजक नारा लाग्न थालेपछि ओली समूहका कार्यकर्ताले पनि प्रतिकारमा ढुंगा प्रहार गरेका थिए । ठूलो संख्यामा परिचालित प्रहरीले दुवै पक्षबाट भएको ढुंगामुढा रोकेर परिस्थितिलाई नियन्त्रणमा लिएका थिए । बिहीबार शिलान्यास कार्यक्रमका लागि तयार पारिएको स्टेज स्थानीयले भत्काएका थिए। औद्योगिक क्षेत्रले फेरि अर्को स्टेज बनाएका थिए।

स्थानीयको नाराबाजी र आक्रोस जारी थियो। तर, सुरक्षाघेराबीच अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेरै छाडे। स्थानियले ढुङ्गामुडा गर्न थालेपछि अर्थमन्त्री पौडेल सम्बोधन बीचमै हिडे। कार्यक्रम सकेर निस्कदाँ पनि पौडेल चढेको गाडीमा स्थानीयले ढुंगा प्रहार गरेका थिए। कार्यक्रम सकिए लगत्तै स्थानीयले शिलान्यास स्तम्भ तोडफोड गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्