वामदेवलाई भेट्न भैसेपाटी पुगे प्रधानमन्त्री

  • 140
    Shares
लोकपाटी न्यूज

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन्। प्रधानमन्त्री ओली आफूनिकट नेताहरूलाई लिएर भैंसेपाटी पुगेको गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए।

गौतमको सचिवालयका अनुसार व्यक्तिगत भेटघाट गर्नका लागि प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका हुन्। कुराकानीमा राजनीतिक विषय नरहेको उनको सचिवालयको भनाइ छ। सचिवालयले राजनीतिक विषय नरहेको वताएपनि ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बुझिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्