प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा नदिए अविस्वासको प्रस्तावमार्फत हटाउछौ :प्रचण्ड

prachanda
  • 360
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नदिए अविस्वासको प्रस्तावमार्फत हटाउने बताएका छन्।

प्रचण्ड-नेपाल समूहको बैठकबाट संसदीय दलको नेतामा चयन भएलगत्तै प्रतिक्रिया दिँदै उनले तत्काल राजीनामा दिन ओलीलाई आग्रह गरेका हुन्। ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्ने भन्दै उनले भने, – नत्र विकल्पको रुपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ।

आफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन गरेको दाी गर्दै उनले आफूहरु नै आधिकारिक पार्टी भएको जिकिर गरे । ओलीको पक्षमा लागेका सांसद तथा नेता-कार्यकर्ताहरु आफ्नो पक्षमा आउन आह्वान गर्दै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्