आयल निगम डिपोको क्षमता विस्तार परियोजना उद्घाटन हुँदै

nepal-oil-nigam-2-
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाल आयल निगमको रि–इन्जिनियरिङ परियोजना प्रथम चरणको उद्घाटन गर्दैछन्।

शनिबार बिहान एक समारोहका बिच निगम परिसर थानकोटमा रि–इन्जिनियरिङ परियोजना प्रथम चरण अन्र्तगतका डिपोको क्षमता विस्तार र डिपोको स्तरोन्नती, पहुँच मार्ग, कार्यालय भवन तथा त्यस अन्र्तगतका कार्यहरुको उद्घाटन गर्न लागेको निगमले जनाएको छ।

जसअन्र्तगत सहज पार्किङ व्यवस्थापन, आगोलागी नियन्त्रण प्रणालीमा सुधार लगायतका काम गरिएको छ। निगमले बनाएको यो परियोजनाबाट इन्धन भण्डारण तथा वितरणमा सहजता हुने विश्वास गरिएको छ।