मौसम पूर्वानुमान : कहाँ-कहाँ छ झरी र हिमपातको सम्भावना ?

mausam water
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आज पनि पहाडी तथा हिमाली भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका केही पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज पहाडी तथा हिमाली भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ।

आज दिउँसो प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ ।

आज राति प्रदेश १, वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्