कोभिडविरुद्धको खोप अभियानको तयारी पूरा

pic
लोकपाटी न्यूज
0 Shares

रमेश भुसाल/ पश्चिम नवलपरासी, २२ फागुन। आइतबारदेखि सुरु हुने दोस्रो चरणको कोभिड विरुद्धको खोप अभियानको तयारी पूरा गरेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

जिल्लाको ७ स्थानीय तहमा रहेका ६५ वर्षभन्दा माथिका १९ हजार ५ सय ज्येष्ठ नगारिकलाई खोप लागाइने लक्ष्य लिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कोभिड विरुद्धको खोप जिल्ला अस्पतालसंगै जिल्लाका ४७ स्थानबाट एकै साथ सुरु हुने स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिए। स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा दोस्रो चरणको खोप अभियानका लागी १९ सय ५० भाइल खोप उपलब्ध भएको छ।

खोप अभियानालाई सफल बनाउन स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले कोभिड १९ विरुद्धको खोप अभियान २०७७-७८ को सम्वन्धमा जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मिहरको अभिमुखिकरण कार्यक्रम समेत सम्पनन गरेको छ।

त्यस्तै खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाका सबै पालिका र वडाहरुमा समेत खोप समन्वय समिति गठन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्