काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नामको विषयमा रहेको विवादबारे आइतबार फैसला सुनाउने भएको छ।
गत बिहीबार फैसला सुनाउने भनिएकोमा पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण मिति सारिएको सर्वोच्च अदालतले जनाएको छ।
बिहीबार सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिइएका कारण आइतबारका लागि पेशी तोकिएको छ।
प्रचण्ड र केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नामको विवादसम्बन्धी मुद्दामा टुङ्गो लगाउने भनेर यही फागुन १३ गते आदेश गरेको थियो। ऋषिराम कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।