३६ वर्ष पहिले चोरी भएको मूर्ति अमेरिकाले बुझायो नेपाललाई

nepali murti
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। ३६ वर्ष अगाडि नेपालबाट चोरी भएको एक मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ। १२औं शताब्दीको वासुदेव कमलाजा मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो।

अमेरिकास्थित नेपाली दूतावासमा हालै आयोजित एक कार्यक्रममा अमेरिकी सरकारका तर्फबाट एफविआईका उप सहायक निर्देशक टिमोथी एन डुनहमले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई उक्त मूर्ति हस्तारण गरेका हुन्। पाटन मन्दिरको यो मूर्ति १९९० देखि टेक्ससको म्युजियममा राखिएको थियो।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्