गृहमन्त्री थापालाई भेट्न मन्त्रीक्वार्टर पुगे विप्लव

Badal_Biplav
  • 2.2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्। महासचिव विप्लवले शनिवार बिहान पुल्चोकस्थिति मन्त्री निवास पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेको स्रोतले बतायो।

भेटमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिको कार्यान्वयनका विषयमा र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको स्रोतले बतायो। ‘आज बिहान महासचिव विप्लवले मन्त्री क्वार्टर पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘उहाँहरुबीच तीन बुँदे सहमति र विशेष गरेर पक्राउ परेका नेताहरूको रिहाइका विषयमा कुराकानी भयो।’

सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि भूमिगत बनेका महासचिव विप्लव बिहीबार सरकार र नेकपाबीच तीन बुँदे सहमति भएपछि शुक्रवार सार्वजनिक भएका थिए। शुक्रवार विप्लवले प्रधानमन्त्री ओलीसँगै राष्ट्रिय सभामा आयोजित सहमतिमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्