आइतबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु

Parliament samsad
  • 16
    Shares
लोकपाटी न्यूज

काठमाडौं। आइतबारदेखि संघीय संसद प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ। कोरोनाको महामारीका कारण यसअघि बजेट अधिवेशन पनि छोटो समयमा नै अन्त्य गरिएको थियो । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो।

अधिवेशन लामो समय नचल्दा संघीय संसदमा विधेयकको चाप छ। संघीय संसद्को पहिलो अधिवेशनदेखि गत पुस ५ गतेसम्म १२८ विधेयक दर्ता भएका छन्। दर्तामध्ये दुवै सदनबाट पारित भई ६९ विधेयक ऐन बनिसकेका छन्। दुवै सभामा र समितिमा ५५ विधेयक विभिन्न चरणमा विचाराधीन रहेका छन्।  विचाराधीन विधेयकमध्ये दर्ता भई वितरण गरिएका विधेयक १७ वटा छन्। दुवै सभाका समितिहरूमा १०, १० वटा विधेयक विचाराधीन छन्।

राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा सन्देशसहित पठाएका विधेयक संख्या दुई छ। सन्देश भने पेस हुन बाँकी रहेको संघीय संसद् सचिवालयले जनाएको छ। राष्ट्रिय सभामा सदस्यहरूलाई वितरण गरिएका विधेयक पाँचवटा छन्।

यस्तै सभामा विचाराधीन रहेका तीन, समितिमा विचाराधीन रहेका १० विधेयक छन्। प्रतिनिधि सभाबाट प्राप्त सन्देश पेस हुन बाँकी विधेयक एउटा मात्र छ। संघीय संसद्का दुवै सदनमा गरी आठवटा सन्धि तथा सम्झौता विचाराधीन छन्। संघीय संसदले हालसम्म छवटा सन्धि तथा सम्झौता पारित गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्