ओस्मान पक्राउ परेपछि सेनेगलमा हिंसा भड्कियो : चारको मृत्यु

senegal
  • 8
    Shares
लोकपाटी न्यूज

एजेन्सी। पश्चिम अफ्रिकी मुलुक सेनेगलमा हिंसा भड्किदा चार जनाको मृत्यु भएको छ। विपक्षी नेता पक्राउको विरोधमा हिंसा भड्कंदा चार जनाको मृत्यु भएको हो। सार्वजनिक नियमको अवज्ञा गरेको अभियोगमा ओस्मान सोन्को पक्राउ परेपछि राजधानी डरलगायतका शहरमा केहीदिन यता लगातार प्रदर्शनहरु भैरहेका छन्।

४६ वर्षीय सोन्कोको रिहाइको माग गर्दै भैरहेको प्रर्दशनमा प्रहरीले बल समेत प्रयोग गरेपछि प्रदर्शन थप उग्र बनेको हो। सोन्कोमाथि बलात्कारको आरोप पनि लागेको छ। उनले आफूमाथिका आरोपहरु राजनीति प्रेरित रहेको बताएका छन्। सेनेगलमा भड्किएको हिंसालाई लिएर संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै सबैलाई शान्त रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्