सुनको मूल्य ह्वात्तै घट्यो, तोलाको कति ?

  • 24
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको हो।

गत शुक्रबार अर्थात फागुन १४ गते छापावाला सुन तोलामा ८८ हजार ८०० रुपैयाँ र तेजावी ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको सुनको मूल्य फागुन २१ गतेसम्म शुक्रबार सम्म आइपुग्दा ३ हजार २०० रुपैयाँले घटेको हो।

त्यस्तै चाँदीको मूल्य यो हप्ता सम्ममा ८५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २१ गते शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ६०० रुपैयाँ र तेजावी ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको छ।