शंकर पोखरेलको नजरमा यी हुन् ओलीका दूरगामी महत्त्व राख्ने १९ काम

Shankar_Pokharel
  • 89
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कामको विवरण प्रस्तुत गरेका छन्। पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ‘असाधारण र दूरगामी महत्वका’ काम गरेको बताए।

धेरै काम गरेर पनि ओली घेराबन्दीमा परेको पोखरेलको बुझाई छ। ‘तर पनि यतिबेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ,’ उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी एकता संकटग्रस्त बनेको छ। राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाइँदै। सबैपक्ष गंभीर र जिम्मेवार बनौं।’

शनिबार बिहान फेसबुकमा ओलीले गरेका १९ कामको फेहरिस्त समिति उल्लेख गरेका छन्। पोखरेलले संविधानसभाबाट संविधान निर्माण, जातीय, क्षेत्रीय अतिवाद र विखण्डनवादको वैचारिक सामना, भारतीय नाकाबन्दीको सामना र सफलता, चीनसँगको पारवाहन सम्झौताको श्रेय ओलीलाई दिएका छन्।

त्यस्तै पार्टीको लोकप्रियता वृद्धि, पार्टी एकताको नेतृत्व, १९५० को सन्धी पुनरावलोकनमा सैद्धान्तिक सहमति विप्लव र सिके राउतसँगको वार्ता, छोटो समयमा संविधानको सफल कार्यान्वयन र आम स्वीकारोक्तिको निर्माण पनि ओलीले गरेको पोखरेलको दाबी छ।

यस्तो छ १९ कामको लिस्टः

– विश्वास गुमेको अवस्थामा संविधानसभाबाट नयाँ संविधानको निर्माण
– जातिय क्षेत्रिय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना
– भारतिय नाकाबन्दीको सामना र सफलता
– चिनसँगको ऐतिहासिक पारवान संझौताबाट भविष्यमा नाकाबन्दी नहुने परिस्थितिको निर्माण
– नेकपा(एमाले)को नेता भएपछि पार्टीको लोकपृयतामा वृद्धि
– सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व
– भारत र चिनसँगको सम्बन्धलाई नयाँ आयाम दिने प्रयास
– अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना
– सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमती
– पूर्वधार विकासमा तिव्रता
– रणनीतिक विकास आयोजनाहरु(रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी
– सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम
– विप्लव र सिके राउतसँगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व
– छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण
– तराई मधेसको विकासमा तिव्रता
– प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि
– सडक मानवरहीत अभियानको नेतृत्व
– स्वास्थ पूर्वाधार विकासमा क्रान्ति
– कोभिड १९ महामारीको सफलतापूर्वक सामना आदी।

तर पनि यतिवेला उहाँ चौतर्फी घेरावन्दीमा हुनुहुन्छ। पार्टी एकता संकटग्रस्त बनेको छ। राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त वनाईदैछ। सबैपक्ष गंभीर र जिम्मेवार बनौ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्