कोरोना खोप लगाउने अभियान रोकिँदैन : अर्थमन्त्री पौडेल

bishnu-paudel
  • 27
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले कोभिड- १९ विरूद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन्। शनिबार बैंक तथा वित्तीय संस्था परिसंघको साधारण सभामा अर्थमन्त्री पौडेलले कोभिड-१९ विरूद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकिकन अगाडि बढाउने बताएका हुन्।

सबै लक्षित समुदायमा खोप पुर्‍याउने उनको भनाइ छ। उनले भने, ‘भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकेरअगाडि बढाउँछौ। सबै लक्षित समुदायमा भ्याक्सिन पुर्‍याउछौं।’ अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्था तथा उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर गरे।

अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र पर्यटन क्षेत्रको लागि विद्युतको डिमान्ड शूल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए। उनले भने, ‘विद्युतको डिमान्ड शूल्क बारे हामीले एउटा निर्णय गर्‍यौ। उत्पादनमुलक उद्योगहरुका लागि डिमान्ड शुल्क छुट दिने निर्णय गर्‍यौ। पछि होटल टुरिजम सेक्टरको पनि डिमान्ड शुल्क छुट पाउने निर्णय गरेको छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्