पुरानै अनुहारको नेतृत्वले झण्डा बोकेर युवाहरु पार्टीमा आउँदैनन् : शेखर कोइराला

Shekhar Koirala
  • 22
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभइ पार्टीले कुनै पनि कदम चाल्न नहुने बताएका छन्। शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले पार्टीले नेकपाको विभाजनलाई कुर्नुपर्ने बताएका हुन्।

उनले कांग्रेस नेतृत्वले आगामी चुनाव गराउनुपर्नेमा जोड दिँदै सरकारमा जानुपर्ने बताए। उनले अधिवेशन गराउने नसक्ने पार्टी कसरी लोकतन्त्रवादी भयो भन्दै पार्टी नेतृत्वप्रति प्रश्न उठाएका थिए।

नयाँ विचारधारा र नया नेतृत्वबाट अघि बढ्न नसके कांग्रेसले फेरि पनि ठूलो हार बेहार्नुपर्ने बताए। उनले भने, ‘१० वर्ष सम्म भातृ संस्थाहरूको अधिवेशन हुन सकेको छैन, पुरानो अनुहार छ, अनि पार्टी कसरी बन्छ ?,’ उनले प्रश्न गरे, ‘पुरानै अनुहारको नेतृत्वले झण्डा बोकेर युवाहरु पार्टीमा आउँदैनन्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्