ज्योतिषीले रामचन्द्र पौडेलका कारण मात्र ५ पटक प्रधानमन्त्री बन्नुहुन्छ भनेको थियो : शेरबहादुर देउवा

Sherbahadur-Deuwa
  • 43
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्योतिषीले कांग्रेस नेता रामचन्द्र पौडेलका कारण मात्र आफू ५ पटक प्रधानमन्त्री हुने बताएको खुलासा गरेका छन्। बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको शनिबार १३ औं वार्षिक साधारणसभामा बोल्दै सभापति देउवाले, ज्योतिषीले पौडेलका कारण मात्र आफू पाँच पटक प्रधानमन्त्री बन्न पाउने भनेको खुलासा गरेका हुन्।

ज्योतिषीले पौडेलकै अगाडि उहाँको कारणले मात्र पाँच पटक प्रधानमन्त्री बन्ने बताएको सभापति देउवाले स्मरण गरेका थिए। ज्योतिषीको चर्चा धेरै हुने गरेको भन्दै सभापति देउवाले आफूलाई ज्योतिषीकोमा जाउँ भनेर रामचन्द्र पौडेल र कृष्णप्रसाद भट्टराईले आग्रह गरेको समेत बताए। ‘रामचन्द्रजी र कृष्णप्रसाद भट्टराईजी आएर ठूलो ज्योतिषी आएको छ रे भन्दै भविष्य देखाउन जाउँ भन्नुभयो र म पनि गएको हुँ।’

आफू प्रधानमन्त्री बन्छ कि भन्ने चिन्ता सबैभन्दा बढी पौडेललाई भएको बताउँदै देउवाले आफू प्रधानमन्त्रीका लागि लालहित नभएको दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्