ओली समूहको बैठकमा कति सांसद उपस्थित ?

kp-sharma-oli
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा ओली समूहको संसदीय दलको बैठक आज बसेको छ। संसदीय दलको बैठकले ११५ भन्दा बढी सांसद उपस्थित भएको दाबी समेत गरेको छ। शनिबार बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ सदस्य उपस्थित भएको राष्ट्रिय सभाका नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले बताए।

बैठकमा प्रधानमन्त्रीले १ सय १५ सांसद संख्या पुगेको र भोलि २० भन्दा बढी संख्या आफ्नो पक्षमा हुने बताएको भट्टराईको भनाइ छ।  प्रधानमन्त्री केपी ओलीले कानूनी हिसाबले नेकपा विभाजन हुन कठिन रहेको भन्दै पार्टी एक हुने बताए।

ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको थियो। तर, उनीहरू बैठकमा सहभागी भएनन्। यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बसेको थियो। बैठकमा १११ (बहुमत) सांसद उपस्थित भएका थिए। सो समूहले चारजना सांसद बाहिर रहेको बताएको थियो। गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्