काठमाडौं। चार दलीय रणनैतिक संयुक्त मोर्चाको बैठक काठमाडौंमा बसेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा भएसँगै संयुक्त मोर्चाको बैठक बसेको हो।
बैठकमा मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, आहुति, ऋषि कट्टेल, सिपी गजुरेल, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, जागृत रायमाझी लगायत उपस्थित छन्। बैठकमा चार कम्युनिस्ट पार्टीको रिपोर्ट, समीक्षा र भावी रणनीतिका विषयमा छलफल भइरहेको नेता जागृत रायमाझीले जनाकारी दिए।
चार गतले गत पुस १४ गते सरकारविरुद्ध मोर्चा बन्दी गर्नका लागि संयुक्त संयुक्त रणनीतिक मोर्चा बनाएका थिए। मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन्।