नेपाल भौगर्भिक समाजले २ दिने अन्तरराष्ट्रिय स्तरको दशौं सम्मेलन गर्दै

लोकपाटी न्यूज
0 Shares

नेपाल भौगर्भिक समाजले यही फागुन २३ र २४ गते दुई दिने दिगो विकास र समृद्दिको लागि भू–विज्ञान भन्ने विषयमा अन्तरराष्ट्रिय स्तरको दशौं सम्मेलन गर्ने भएको छ । नेपाल भौगर्भिक समाजले शनिवार एक विज्ञप्ति प्रकाशन गर्दै सो सम्मेलनमा नेपाल लगायत अमेरिका, बेलायत, अष्ट्रेलिया, बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड, जापान, पोल्याण्ड, भारत लगायतका देशका बैज्ञानिक, अनुसन्धानकर्ता र सरकारी अधिकारीहरुले समेत भाग लिई कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

सो कार्यक्रममा खानी जन्य पदार्थको पहिचान र उत्खनन्, पूर्वाधार विकासमा इन्जिनियरिङ्ग जियोलोजी, प्रकोप ब्यवस्थापन र बिपद जोखिम न्यूनिकरण, भूमिगत जल र जलस्रोत, कोभिड १९ र यसको असर, भूगर्भ विज्ञानको उपयोग गर्ने सरकारको नीति र कार्यक्रमहरु, भूकम्प र भूकम्पीय जोखिम आदी विषयमा ७० भन्दा बढी कार्यपत्र पेश हुने र बैज्ञानिकहरुबिच अनुभवको आदानप्रदान हुने जनाइएको छ । २०३७ सालमा स्थापना भएको नेपाल जियोलोजिकल सोसाइटीले हरेक वर्ष राष्ट्रिय तथा अन्तरराष्ट्रिय सभा सम्मेलन गर्र्दै आएको छ ।
हेर्नुहोस, नेपाल भौगर्भिक समाजले प्रकाशन गरेको यो विज्ञप्ति ः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्