दीप बस्न्यात आफैँले हटाए सर्वोच्चमा सुनुवाइको पेसी

Dip-basnyat
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराएका छन्।

पूर्वप्रमुख आयुक्त बस्न्यातको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलास तोकिएको थियो। सो निवेदनको सुनुवाइको क्रम संख्या ‘ठ’मा थियो।

तर बस्न्यात आफैले निवेदनको पेसी स्थगित गरी पाउन निवेदन इजलासले मागबमोजिम हुने गरी अनुमति दिएको हो। अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई बालुवाटारको ललिता निवास प्रकरणमा दोषी ठह¥याउँदै गत मंसिर २८ गते विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

सो अदालतका अध्यक्ष प्रेमराज कार्की तथा सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो। नेपाल समाचारपत्रमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्