राष्ट्रिय दलित पत्रकार संघ स्याङ्जा शाखाको अध्यक्षमा विश्वकर्मा

pic
  • 4
    Shares
लोकपाटी न्यूज

नारायण विश्वकर्मा/ स्याङ्जा, २३ फागुन। राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित समुदायबाट जन्मेका हजारौँ महान प्रतिभाहरु झुपडीमा हराइरहेको बताएका छन्।

स्याङ्जाको गल्याङ बजारमा शनिबार आयोजित प्रथम ऐतिहासिक राष्ट्रिय दलित पत्रकार संघ नेपाल शाखा स्याङ्जाको भेलालाई सम्बोधन गर्दै पहाडीले दलित समुदायका महान प्रतिभाहरुको कथा, क्षमता, जोस जाँगरहरुका बारेमा समाचार नलेखिँदा र सफलताका कथा नबन्दा उनीहरु पलायन हुनुपरेको बताए।

दलित आन्दोलनमा योगदान पु¥याएका जुझारु नेताको र मुलुक परिवर्तनको क्रममा विरगती प्राप्त गरेकाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियककरण गर्नका लागि राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्थापना भएको बताए।

प्रकास सपुत, राजु परियार, यस कुमार, शिव परियार, तुल्सी घिमिरे, पूजा चन, निरुता सिंह, सपना श्री लगाएतका धेरै प्रतिभा अझैपनि हराइरहेको उनको तर्क छ। पहाडी राज्यले र समाजले उनीहरुको प्रतिभा टिकाउन कोसिस नगरेको भन्दै अरु समुदायका क्षमता नभएका पनि यहि क्षेत्रमा रमाइरहेको र समाजले टिकाउन कोसिस गरिरहेको बताए।

‘हामीले उनीहरुको सम्मान गरेनौँ, कसरी बाँचिरहेका छन् खोजेनौँ।’ पहाडीले भने, ‘अब दलित पत्रकारहरुको काम गुमनाम भएका दलित समुदाय भित्रका महान प्रतिभालाई उजागर गर्नु आवश्यक छ।’

कार्यक्रममा गल्याङ नगरपालिकाका भुपराज अधिकारीले वास्तिविक विषयमा कलम चलाउने व्यक्ति पत्रकार भएको बताए। उनले गल्याङ नगर प्रमुखको हैसियत दलितमाथि हुने विभेद अन्त्यको सन्देश दिने खालको जुनसुकै अग्नि परीक्षा दिन आफू तैयार रहेको बताए।अधिकारीले दलित समुदायको क्षमता अभिबृद्धि र आर्थिक उपार्जनका विषयमा जुनसुकै सहयोग गर्नपनि तैयार रहेको बताए।

कार्यक्रममा जिल्ला समन्वन समिति स्याङ्जाका सदस्य धनमाया विश्वकर्मा, वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष डा.बालकृष्ण चापागाई, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष गोपाल बराली, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकास शर्मा, भूमि सम्वन्धी समस्या समाधान स्याङ्जाका विज्ञ दिपक विश्वकर्मा।

त्यस्तै गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल, दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष कृष्ण दर्नाल, दलित पत्रकार संघ नेपाल शाखा पाल्पाका अध्यक्ष तथा नेपाल पत्रकार संघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, दलित मुक्ति संगठन स्याङ्जाका संयोजक तिलकराम विश्वकर्मा, विश्व हिन्दू महासंघ गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मण भट्टराई, नेपाल उत्पीडित दलित समाज विकास समिति गल्याङका अध्यक्ष कुल बहादुर विश्वकर्मा, साझा युवा संगठन स्याङ्जाका अध्यक्ष सुमन भट्टराई लगाएतले मन्तव्य राखेका थिए।

भेलाले रष्ट्रिय दलित पत्रकार संघ स्याङ्जा शाखाको अध्यक्षमा नारायण विश्वकर्मालाई चयन गरेको छ। उपाध्यक्षमा पूर्णिमा परियार, सचिवमा प्रकास सुनार, सह-सचिवमा सिता परियार, कोषाध्यक्षमा सुदिप थापा (विश्वकर्मा) सदस्यमा मोहन सुनार, विनोद घतानी, प्रदिप विश्वकर्मा र विक्रम परियार रहेका छन्।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्याङ्जाका अध्यक्ष नारायण विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गण्डकी प्रदेश समिति सदस्य कामना सुनारले र सञ्चालन सचिव प्रकास सुनारले गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्