आजदेखि नारायणगढ-मुग्लिन सडक दैनिक चारघण्टा बन्द

narayanghad_muglin pic
  • 20
    Shares
लोकपाटी न्यूज

चितवन। आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड एक साताका लागि दिउँसो बन्द हुने भएको छ। उक्त सडक २९ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको हो।

पहिरो व्यवस्थापनको बांँकी रहेका काम सम्पन्न गर्नका लागि एक साताका लागि सडकखण्ड दैनिक चार घण्टा बन्द गर्न लागिएको हो।

चारकिलोमा पहिरो रोकथामको आवश्यक बाँकी कामका लागि उक्त सडक बन्द गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

सो अवधिमा नारायणगढबाट जाने ठूला सवारी साधनलाई सिमलतालमा रोकिने र सानालाई जलबिरेमा रोकिने जिल्ला ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए। चालकलाई वैकल्पिक सडक प्रयोग गर्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्