प्रधानमन्त्री ओलीले लगाए कोरोना खोप

oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले आफूले खोप लगाएर दोस्रो चरणको खोप अभियानको औपचारिकरुपमा शुभारम्भ गरेका हुन्। उनले पौने ११ बजे त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका हुन्।

उनीसँगै खोप लगाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री बिष्णु पौडेल, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए। गृहमन्त्री रामबहादुर थापा बादलले भने सशस्त्र प्रहरी बल अस्पताल पुगेर कोरोना खोप लगाएका छन्।

आजबाट दोस्रो चरणमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई १० दिनसम्म खोप लगाइनेछ। यस अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्षमाथिकालाई र अन्य जिल्लामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ। दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ। खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ।

यसअघि माघ १४ गतेदेखि पहिलो चरणमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्था कर्मचारी, पत्रकारलगायतलाई खोप दिइएको थियो। नेपालमा अक्स्फोर्ड-एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालिन प्रयोग भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्