कांग्रेसले अवरुद्ध गरेपछि प्रतिनिधि सभा बैठक १० मिनेटका लागि स्थगित

  • 30
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ। संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै कांग्रेसले बैठक अवरोध गरेको हो।

कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिएसँगै कांग्रेस सचेतक पुष्पा भुसालले विरोध जनाउँदै अध्यादेशलाई स्वीकार गर्न नसकिने बताएकी हुन्।

त्यस्तै सचेतक बालकृष्ण खाँडले पनि अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने माग गरे। त्यसपछि मन्त्री श्रेष्ठलाई सभामुख सापकोटाले पेश गर्नु अनुमति दिएसँगै कांग्रेसले रोष्टममा नाराबाजी गरिरहेको छ। कांग्रेसको अवरोधसँग बैठक १० मिनेटका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्