सर्वोच्चको फैसला अकल्पनिय भएपनि कार्यान्वयन गर्छौ : नेता खनाल

Jhalnath-Khanal-1
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपालका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले गरेको फैसला अकल्पनीय भएको प्रतिक्रिया दिएका छन्। सर्वोच्चले आइतबार नेकपाको नाम विवादमा परेको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा एमाले र माओवादी कायम रहने बताएको छ।

अदालतको फैसला आश्चर्यजनक भए पनि त्यसलाई कार्यान्वयन गर्ने उनले बताए । ‘फैसला अकल्पनीय आश्चर्यजनक अनपेक्षित र राजनीतिक फैसला भएको छ । न्यायालयबाट जुन न्यायको अपेक्षा थियो । त्यो भन्दा भिन्न ढंगको राजनीतिक फैसला भयो, नेता खनालले भने, ‘तर पनि अदालतले गरेको फैसला पालना गर्छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्