सरकार अवैधानिक भइसक्यो, अब अर्को सरकारको निर्माणमा लाग्नुपर्छ : डा. भट्टराई

Baburam-Bhattarai
  • 703
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको आजको फैसलासँगै नेकपा नेतृत्वको सरकार अवैधानिक भइसकेकाले अर्को सरकार निर्माणमा लाग्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा भाग लिएर बाहिरिने क्रममा उनले यसो भनेका हुन्।

‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले थप अन्योल बढाएको छ। सरकारले आफ्नो बहुमत गुमाएको छ, ओली नेतृत्वको सरकार अल्पमतको भइसकेको छ’, उनले भने, ‘जनता समाजवादी सरकारको दाबी गर्दैन, यो मुद्दा केन्द्रित पार्टी हो।’ उनले सरकारले वैधता गुमाएको बताउँदै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए। ‘अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’, उनले भने, ‘अब वैकल्पिक सरकार निर्माणको बाटो खोलौँ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्