काठमाडौं। पूर्व एमाले ओलीको नभएको प्रचण्ड नेपाल समूहका अध्यक्ष माधब कुमारले नेपालले बताएका छन्। उनले तत्कालिन नेकपा एमाले पनि ओलीको नभएर आफुहरुको रहेको उनले तर्क गरे। सर्वोच्चको निर्णयप्रति आफुहरु छलफलमा रहेको उनले बताए।अदालतको फैसलापछि कानुनविद्हरुसँग आफूहरु सिंहदरबारमा छलफलमा रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
अदालतले नेकपाको नाम सम्बन्धी मुद्दामा नेकपाको एकीकरण नै खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादीलाई ब्यूँताइदिएर राजनीतिक जटिलता बढाएको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। यसैबीच, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिबारे आफूहरु आन्तरिक छलफलमा रहेको बताएका छन्।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले मुलुकलाई निकास दिन आफुहरु लाग्नेसमेत बताए। त्यस्तै उनले अव केपी ओली सत्तामा रहन नसक्ने तर्कसमेत गरेका छन्। अव कसरी अघि बढ्ने भन्ने बारेमा छिटै निष्कर्षमा पुगिने भन्दै उनले सरकारले ल्याएको अध्यादेशमा आफुहरुको विरोध रहेको बताए। त्यस्तै पूर्वप्रधानमन्त्री माधव नेपालले सर्वोच्चको निर्णयपछि केपी ओली प्रधानमन्त्री पदमा रहन नमिल्ने बताएका छन्।