प्रचण्ड-नेपाल पक्षलाई पुनरावलोकनमा जान कानुन व्यवसायीकाे सुझाव

  • 1.9K
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड-नेपाल पक्षले आइतबार साँझ कानुन व्यवसायीसँग छलफल गरेको छ। नेकपा संसदीय दलको बैठक हलमा भएको छलफलमा कानुन व्यवसायीहरुले सर्वोच्चको फैसलालाई अनपेक्षित भन्दै त्यसलाई राजनीतिक फैसला भएको बताएका छन्।

कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनमा जान दाहाल नेपाल समूहलाई सुझाव दिएका छन् । सिंहदरबारमा भएको छलफलमा उनीहरुले यस्तो सुझाव दिएका हुन् । सर्वोच्चले कार्यान्वयनमा जान नसक्ने खालको फैसला दिएको भन्दै पुनरवलोकनमा जान सुझाव दिएको मुक्ति प्रधानले जानकारी दिए ।

बैठकपछि नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्डले फैसला अनपेक्षित भएको र कानुन व्यवसायीबाट पनि फैसला राजनीतिक खालको भएको कुरा आएको बताए। उनले सोमबारका लागि स्थायी समिति बैठक बोलाइएको र त्यसबारे थप निर्णय गरेर धारणा सार्वजनिक गरिने बताए।

‘ फैसला अनपेक्षित नै हो यो। बढी पोलिटिकल प्रकृतिको छ। समग्र फैसलाको अध्ययन गरेर सबै साथीहरु सल्लाह गरेर मात्रै हामीले विस्तार पूर्वक आफ्नो धारणा सार्वजनिक गर्छौँ’,प्रचण्डले भने।  सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई वैधता दिने फैसला गरेपछि सत्तारुढ नेकपा अवैध ठहरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्