सर्वाेच्चकाे फैसलाले आश्चर्यचकित छौं, यसबारे गम्भीर विश्लेषण गर्छौं : नारायणकाजी श्रेष्ठ

  • 12
    Shares
लोकपाटी न्यूज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका प्रवक्ता नारायण काजी श्रेष्ठले सर्वोच्च अदालतले गरेको फैसलाले आश्चार्यचकित र स्तब्ध बनाएको बताएका छन्। आइतबार साँझ फेसबुकमा एक पोष्ट गर्दै उनले फैसला सोच्नै नसकिने खालको र सोको समग्र पक्ष र पार्टीको नीतिका सम्बन्धमा सोमबार दिउसो पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिईने उल्लेख गरेका छन्। फैसलाको समग्रपक्षको बारेमा सोही बैंठकले निर्णय गर्ने उनले बताए।

आईतबार नेकपाको नाम सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउने गरी फैसला गरेको थियो। प्रवक्ता श्रेष्ठले मागदावीभन्दा भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी फैसला भएको दावी पनि गरेका छन्। उनले लेखेका छन्, रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन। रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ। फैसला सरोकारै नभएको क्षेत्रमा प्रवेश गरेको उनि उनले उल्लेख गरेका छन्।

यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ , राजनीतिक आग्रह प्रेरित छ , बितण्डतापूर्ण छ र गलत रहेको बताउदै फैसलाप्रति पार्टीको हाम्रो गम्भीर असहमति रहेको उल्लेख गरेका छन्। ।
यस्तो छ उनको फेसबुक स्टाटस:-

सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को वारेमा गरेको फैसला ,त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिईनेछ ।
अहिलेलाई यति भनिहालौँ ;

एक ,यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज वोध ( कमन सेन्स ) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ ।
यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन ।रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ। त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक , बेठीक जे भएपनि स्वाभाविक हुनेथियो ।तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ ।तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ , राजनीतिक आग्रह प्रेरित छ , बितण्डतापूर्ण छ र गलत छ ।यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ ।

दुई , नेपालको राष्ट्रिय सार्वभौमिकता ,नेपाली जनतामा नीहित सार्वभौमसत्ता , नेपाली जनताको आत्मनिर्णयको अधिकार ,संविधान ,लोकतन्त्र ,राजनीतिक स्थिरता ,कानूनको शाषन र ब्यबस्थाको बिरुध्द बिभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ । त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा बक्तब्यमा थप भनेको थियो ,” अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुध्द सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्