प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सर्‍यो

Prachanda_Nepal_Nekapa
  • 3.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। साविकको नेकपा प्रचण्ड-नेपाल पक्षले बोलाएको स्थायी कमिटी बैठक सरेको छ। सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको उनले जानकारी दिए। यसअघि सर्वोच्च अदालतको नयाँ फैसलापछि विकसित घटनाक्रमलाई लिएर धारणा बनाउन सोमबार बिहान ११ बजेका स्थायी कमिटी बैठक बोलाइएको थियो।

सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको हो।

अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए। अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि प्रवक्ता श्रेष्ठले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्