काठमाडौँ। सोमबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले बढेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुन तोलाको ८६ हजार १ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ। त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।