उत्पीडित र उपेक्षित समुदायमाथि सरकारबाट आक्रमण र दुर्व्यवहार भयो : प्रचण्ड

Prachanda Photo
  • 1
    Share
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताएका छन्।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलित लगायतसमुदायका प्रतिनिधिमाथि भएको प्रहारले प्राप्त उपलब्धि गुम्ने खतरा भएका बताएका हुन्।

प्रचण्डले आज विश्वभरका महिला दिदीबहिनीहरूको मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको बताएका छन्। आजको दिन महिलाहरूको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन भएको प्रचण्डले बताए।

जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको प्रचण्डको ठहर छ। ‘महिलाहरूको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं’, प्रचण्डले भने।

CMPrachanda_Suvakamana_8_March-077-11-24

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्