चौथो मेयर कप फुटवल : फाइनलमा वडा नं ८ र १२ भिड्दै

pic
  • 32
    Shares
लोकपाटी न्यूज

रमेश भुसाल/ सुनवल, २४ फागुन। पश्चिम नवलपरासीको सुनवलमा जारी चौथो मेयरकप फुटवल प्रतियोगीतामा वडा नम्वर ८ र वडा नम्वर १२ फाइनलमा पुगेका छन्।

शनिबार भएको सेमिफाइनलमा वडा नम्वर १२ ले वडा नम्वर ५ लाई पेनाल्टी सुटआउटमा तीन गोल गर्दै फाइनल यात्रा तय गरको हो भने आइतबार भएको सेमिफाइनलमा वडा नम्वर ८ ले वडा नम्वर १ लाई शून्यका विरुद्ध २ गोल गर्दै फाइनल यात्रा तय गरेको हो।

प्रतियोगिताको विजेता समूहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने उपविजेता समूहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै सेमिफाइनलमा पुगेका २ समूहहरु वडा नम्वर १ र वडा नम्वर ५ ले नगद २०-२० हजार रुपैयाँ प्रदान गरिर्नेछ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथो मेयर कपको फाइनल खेल २५ गते हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्