बाग्मती सफाई महाअभियान अन्तर्गत पशुपति राम मन्दिर आसपासमा सफाई

  • 3
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बाग्मती सफाई महाअभियानको ४०८ औं हप्ता सम्पन्न भएको छ। २०७० जेष्ठ ५ गतेदेखि प्रत्येक हप्ता हुदै आईरहेको बाग्मती सरसफाइ अभियान अन्तर्गत ४०८ औ हप्तामा पशुपति राम मन्दिर आसपासमा सफाई गरिएको छ। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहकार्यमा गरिएको सफाइबाट करिब १० टन फोहर व्यवस्थित गरिएको छ।

सरसफाइमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल , मुख्य अभियनता लिलामणि पौड्याल, शहरी विकास मन्त्रालयका पूर्व सचिव किशोर थापा, पशुपति क्षेत्र विकास कोषका प्रशासन प्रमुख घनश्याम खतिवडा, अभियन्ताहरु, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव प्रसाद तिमल्सेना, समितिका कर्मचारीहरु, नेपाली सेना सहित ५ वटा संघसंस्था तथा करिब ४०० जनाको उपस्थिति रहेको थियो। सरसफाई कार्यक्रमको आगामी साता पनि पशुपति राम मन्दिर आसपासमा सफाई हुने समितिले जनाएको छ।