माधव नेपाल निकट स्थायी कमिटी सदस्यको छलफल जारी

Madhav Kumar Nepal
  • 77
    Shares
लोकपाटी न्यूज

काठमाडौं। माधवकुमार नेपाल आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटेका छन्। बानेश्वरस्थित अर्याल होटलमा नेपाल निकट पूर्व एमाले नेताहरुबीच अहिले छलफल जारी छ।

नयाँ बानेश्वरमा भइरहेको छलफलपछि उनीहरू स्थायी कमिटि बैठकका लागि पेरिसडाँडा जाने भएका छन्। आजै दिउँसो ३ बजे नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। सोही विषयमा आन्तरिक छलफल भएको बताइएको छ।

आइतबार सर्वोच्च अदालतले नेकपा विवादमा गरेको फैसलापछि साबिक नेकपा तरंगित भएको छ। सर्वोच्चले नेकपा खारेज भएको र पूर्व एमाले र माओवादीको अवस्थामा फर्किएको फैसला गरेको थियो। अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।

त्यसपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा खारेज भएको छ।अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ। २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट प्रतिनिधिसभामा १ सय २१ जना सांसद बनेका थिए। त्यसमध्ये एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्