सकियाे प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक, यस्ताे आयाे निर्णय

Prachanda_Nepal
  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक सकिएलगत्तै नेताहरु बाहिरिने क्रम जारी छ। नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको बुझिएको छ यद्धपि बैठकले गरेका निर्णयहरू केहीबेरपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक गर्ने भएका छन्।

सोमबार बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्।

सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्