प्रधानमन्त्रीले डाके मन्त्रिपरिषदको बैठक

PM_KP_Oli
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो ४ बजे बैठक बोलाइएको छ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। बैठकको एजेण्डाबारे जानकारी नरहेको मन्त्रीहरूको भनाइ छ।

ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन्। यसैबिच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेस गर्न बाँकी छ। आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरुद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्