कृषि विकास बैंकको बोनस शेयर हितग्राही खातामा

Krishi-Bikas-Bank
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। बैंकले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गरएका शेयरधनीहरुको खातामा सो दरमा शेयर जम्मा गरेको हो।

सो मितिपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा पनि सो बानेस शेयर हितग्राही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ। सोही कारण हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुले शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।

पुस २९ गते सम्पन्न बैंकको १४ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्