एसइई र कक्षा १२ को परिक्षा तालिका सार्वजनिक

  • 29
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसइईको १३ र कक्षा १२ को २६ जेठदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बोर्ड बैठकले परीक्षाको समय निर्णय गरेको हो। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले शैक्षिक सत्र जेठ मसान्तसम्म लम्बिएकाले त्यहीअनुसार परीक्षा सञ्चालनको निर्णय गरेको बताए।

एसइई र कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि सुरु गर्दै छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालयले १३ जेठमा अनिवार्य अंग्रेजी, १४ जेठमा अनिवार्य नेपाली गर्ने भएको छ।

त्यसैगरी १६ गते अनिवार्य गणित, १७ गते अनिवार्य विज्ञान, १८ गते अनिवार्य सामाजिक, १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, २० गते ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय पत्रका विषयमा परीक्षा सञ्चालन हुनेछ । प्राविधिकतर्फका विषयको परीक्षा भने २३ जेठसम्म सञ्चालन हुनेछ । त्यसैगरी, कक्षा १२ मा २६ जेठमा अनिवार्य अंग्रेजी विषयबाट परीक्षा सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्