बिर्घामा बन्ने भयो स्याङ्जाकै नमूना पुस्तकालय

lc
  • 16
    Shares
लोकपाटी न्यूज

स्याङ्जा। मातृभूमि सामुदायिक पुस्तकालयको नयाँ पुस्तकालय भवन निर्माण सम्झौतामा हस्ताक्षर भएसँगै कालीगण्डकी गाउँपालिका ४ बिर्घा कट्टीमा स्याङ्गजा जिल्लाकै नमूना पुस्तकालय बन्ने निश्चित भएको छ।

बिहीबार एक कार्यक्रमका बीच मातृभूमि सामुदायिक पुस्तकालयले रिड नेपाल र बाबुरत्न कन्स्ट्रक्सनसँग यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। पुस्तकालयको तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, रिड नेपालका सदस्य सुशील मैनाली तथा बाबुरत्न कन्स्ट्रक्सनका रोशन श्रेष्ठले निर्माण सम्झौता पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका हुन्।

वि.स. २०७२ सालको भूकम्पका कारण जिर्ण अवस्थामा रहेको पुस्तकालय भवन हटाएर सोहि स्थानमा शान्ति भोलन्टियर एसोसियसन नेपालको मुख्य आर्थिक सहयोग तथा रिड नेपालको समन्वय र प्राविधिक सहयोगमा अत्याधुनिक पुस्तकालय भवन बन्न लागेको हो। ’अब बन्ने पुस्तकालय भवन जिल्लाकै नमूना हुनेछ।

नयाँ भवनमा वालदेखि प्रौढमैत्रीकक्षसम्म हुने भएकोले सबै उमेरका पाठकको रोजाईकौ सिकाइ गन्तब्य मातृभूमि हुनेछ यो सिंगो समुदायको गर्वको कुरो हो’ हस्ताक्षर कार्यक्रममा पुस्तकालयबारे बोल्दै अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले भने, ’अग्रजहरुको मेहनत र पसिनाको जगमा जन्मेको यस संस्थाको भवन निर्माण पश्चात विभिन्न सिकाई सहजीकरण कार्यक्रम संचालनमा ल्याई स्थानीय समुदायको शैक्षिक उन्नयनमा सहयोग पुर्‍याउने मात्र नभई मातृभूमिलाई राष्ट्रिय स्तरकै नमुना पुस्तकालय बनाउने लक्ष्यमा छौँ।’ अध्यक्ष पाण्डेले सामुदायिक कार्य एकल प्रयासले मात्र नभई सिंगो समुदायका सहदस्यहरुको देन र सामूहिकताको भावनाले मात्र सम्भव हुने हुँदा यस कार्यमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा रिड नेपालका तर्फबाट सो संस्थाका सदस्य सुशील मैनालीले ’आफूहरुले नासो जिम्मा लगाउन आएको र भवन समयमै निर्माण सम्पन्न भै दीर्घकालीनरुपमा पुस्तकालय संचानल हुनेमा आफुहरु ढुक्क रहेको बताए।’

रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठ र सिनियर फिल्ड कोर्डिनेटर बिना गोलेले समुदायको जिम्मेवारी, पुस्तकालयको अबको भूमिका, मातृभूमि र रिड नेपाल बिचको सम्बन्धका बारेमा आफ्ना विचार राख्नुका साथै परियोजनाको सिंगो अबधारणाबारे थप प्रकाश पारे।

करिब ८ महिनामा सम्पन्न हुने लक्ष्य लिइएको पुस्तकालय भवनमा पुस्तकालय कक्ष, वालकक्ष, महिला कक्ष, सूचनासंचार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामूदायिक सभाहल हुनेछन्।

कुल लागत १ करोड १९ लाख १ हजार ९१ रुपैया ५७ पैसामा बन्न लागेको यो पुस्तकालयमा रिड नेपालको तर्फबाट १ करोड १५ लाख योगदान र बाँकी रकम ४ लाख १ हजार ९१ रुपैया ५७ रकम समुदायको तर्पmबाट प्रबन्ध गरिने छ। रिड नेपाल नेपालमा पुस्तकालय र पठन संस्कृतिको विकासमा सक्रिय राष्ट्रिय स्तरको अग्रणि संस्था हो जसले बितेका ३० वर्षमा नेपालका ४३ वटा जिल्लाका ६९ स्थानमा पुस्तकालय बनाइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्