सिंगटी हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

IPO
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। शुक्रवारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ। कम्पनीले माग गरेभन्दा बढी शेयर खरीदका लागि आवेदन परेकाले छिटो अवधिमै आवेदन लिने कार्य बन्द गरेको जानकारी दिएको छ।

कम्पनीको आईपीओमा सोमवार साझसम्म १२ लाख ४४ हजार १२८ जनाले आवेदन दिएका छन्। यी आवेदकहरुबाट १ करोड ९३ लाख ७१ हजार १०० कित्ता शेयर खरीदको माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ।

कम्पनीले सर्वसाधारणका लागि चैत ६ गते शुक्रवारदेखि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो। सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्ये ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो।

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो। स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो।

उक्त आईपीओ मंगलवार बैंकिङ समयसम्म विक्रीमा रहनेछ। आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ।

यो आईपीओ विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । साथै सिडिएससीको मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।

यस कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारहरुको संकेत गर्ने केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्