आरम्भ चाैतारी लघुवित्तकाे एजिएम चैत ३१ गते

लोकपाटी न्यूज

काठमाडौं। आरम्भ चौतारी लघुवित्तले चैत ३१ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ। सभा पञ्चकन्य ब्याङ्केट, बनेपामा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा आरम्भ चौतारीले बिपिडब्लु र देउराली लघुवित्तलाई १००ः९५ः९५ अनुपातमा प्राप्ति गर्ने विशेष प्रस्ताव पेश हुँदैछ। प्राप्तिपश्चात लघुवित्तको सेयर संरचना परिवर्तन गरी संस्थापकको ६८.३०% र सर्वसाधारणको ३१.७०% हिस्सा कायम गर्ने एजेन्डा पनि छ।

यस्तै, गत वर्षको नाफाबाट ८.८५% बोनस सेयर वितरण गर्ने एजेन्डा पनि लैजानेछ। सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ। सभा प्रयोजनको लागि संस्थाले चैत १८ गतेदेखि चैत ३१ गतेसम्म बुक क्लोज गर्ने गर्दैछ। तसर्थ, चैत १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्