नेता नेपालको जवाफ ओलीलाई: मलाई होइन, तपाईंलाई कारबाही गर्नुपर्छ

Oli-Nepal
  • 20
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई स्पष्टीकरण सोध्नु अवैध कार्य भएको जिकीर गर्दै उल्टै ओलीले कारबाही भोग्ने कार्य गरेको दाबी गरेका छन्। स्पष्टीकरण पत्रको जवाफ सार्वजनिक गर्दै नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पार्टी विधान र संविधान समेत मिचेर कारबाही भोग्ने कार्य गरेको उल्लेख गरेका छन्।

‘निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनु भनी दिएको सूचनाको बारेमा केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाईले छलफल किन गराउनु भएन ?’, नेपालले भनेका छन्, ‘यसरी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाईंको गलत मनसाय रहेको छ किन नभन्ने?’

नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनाश्याम भुसाल र नेता सुरेन्द्र पाण्डे चारै जनाको स्पष्टीकरण पत्र एमाले पार्टी कार्यालय धुम्बाराहीमा बुझाइएको छ। ओलीले यी चार जना नेतालाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्