यात्रुवहाक बस र स्कुटर ठोक्किँदा तीनजनाको मृत्यु

Accident-1
  • 5
    Shares
लोकपाटी न्यूज

चितवन। चितवनमा यात्रीवहाक बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा भरतपुर महानगरपालिका वडा नम्बर-६, गीतानगरका स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार उनकी छोरी विनीसा र मोहनका दाइकी छोरी दिवीसाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज साँझ करिब ६ बजेर २० मिनेटमा दुर्घटना भएको थियो। भरतपुर-माडीठोरी सडकखण्डको पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना४०प ७०८२ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । बसका चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्