मलेसियामा नेपाली कामदार मगर बेपत्ता

  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मलेसियाको एक सेक्युरीटी कम्पनीमा काम गर्ने नेपाली सुरक्षागार्ड बेपत्ता भएका छन्।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित ईगल आई सेक्युरिटी एसडिएन बिएचडीमा कार्यरत दाङका निवासी धन बहादुर सुनारी मगर गत सोमबारदेखि कसैलाई जानकारी नदिई बेपत्ता भएका हुन्।

उनीसँगै कार्यरत नेपालीहरुले मगरको खोजी गरिदिन स्थानिय प्रहरीलाई आग्रह गरेका छन्। मलेसियामा नयाँ विदेशी कामदार नगएपछि करार अवधि सकिएका कामदारहरुले अनिच्छापूर्वक काम गर्नु परेको गुनासो निरन्तररुपमा मलेसियास्थित नेपाली दूतावासमा आउने गरेका छन्। कम्पनीले धनबहादुरलाई देखी खबर गरिदिएमा उचित पुरस्कारसहित सम्मान गर्ने सूचना सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्