नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री रंगशाला जाने

KP Sharma Oli-33
  • 561
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन्। नेपाल र बंगलादेशबीच सोमबार साँझ दशरथ रंगशालामा फाइनल खेल हुँदैछ। सोमबार दिउँसो हुने खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला आउने अखिल नेपाल फुटबल महासंघ(एन्फा) का प्रवक्ता किरण राईले बताए।

खेल साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। ‘प्रधानमन्त्रीज्यू सवा ५ बजे रंगशाला आइपुग्ने कार्यक्रम छ। उहाँले फाइनल खेल हेरेपछि पुरस्कार वितरण गर्नुहुनेछ,’ प्रवक्ता राईले भने। नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन्। नेपालले बंगलादेशविरुद्ध २२ वर्षअघि फाइनल खेल्दा प्रशिक्षक बालगोपाल महर्जन टिमका मिडफिल्डर थिए।

दशरथ रंगशालामै भएको सन् १९९९ को आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) को त्यो फाइनलमा घरेलु टिमलाई १-० ले निराश पार्दै बंगलादेशले स्वर्ण पदक लगेको थियो। पहिलो साफ गेम्स (१९८४) को फाइनल भेटमा भने नेपालले बंगलादेशलाई ४-२ ले पन्छाउँदै स्वर्ण चुमेको थियो।

नेपालले उपाधिविहीन यात्रालाई २३ वर्षमा टुंग्याउँदै २०१६ मा ढाकामा बंगबन्धु गोल्डकप जित्दाका प्रशिक्षक पनि हुन् महर्जन। उनले नेपाली टिमलाई साफ यू-१९ च्याम्पियनसिप र १३ औं दक्षिण एसियाली खेलकुद (यू-२३) को उपाधि पनि जिताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्