काठमाडौं उपत्यकाका विद्यालय चार दिन बन्द गर्ने तयारी

Public School
  • 19
    Shares
लोकपाटी न्यूज

काठमाडौं। वायु प्रदूषणका कारण बढेसँगै काठमाडौं उपत्यकाका विद्यालयहरु चार दिन बन्द हुने भएका छन्। वायु प्रदूषणका कारण विद्यालयहरु भोलिदेखि चार दिन बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ।

प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुुने भएकोले उनीहरुलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन वन तथा वातावरण विभागले चैत १३ गते अपिल गरेको थियो।

यस्तै, विभागले फोहोर बाल्दा प्रदूषण बढ्ने भएकाले आगो नबाल्न अपिल गरेको थियो। त्यसलाई नै मध्यनजर गर्दै भोलिदेखि गाडीहरु जोर–बिजोर प्रणालीमा चलाउने तयारी गरिएको छ। कोभिड–१९ महामारीका कारण गत वर्ष चैत ११ गतेबाट बन्द भएको विद्यालय यो वर्ष कात्तिकदेखि मात्र पूर्ण रुपमा सञ्चालनमा आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्